दफा १४
विशेष व्यवस्था
यस निर्देशिका बमोजिम सम्पर्क विन्दु, सम्बद्ध निकाय, समाजिक सञ्जाल प्लेटफर्म र सामाजिक सञ्जाल व्यवस्थापन इकाइले गुनासो सुनुवाइ सम्बन्धी कार्य गर्दा महिला, बालबालिका र यौनिक अल्पसङ्ख्यकसँग सम्बन्धित गुनासोलाई प्राथमिकता दिनु पर्नेछ।